निमुखाको ‘ढाड सेक्ने’ बिजुलीको भ्याट अब कहिले हुन्छ फिर्ता ?
shilapatra.com · Tue Jul 21 13:13:14 GMT 2026

सरकारले ५० दिनपछि शिक्षा र स्वास्थ्यमा लगाएको समान ३ प्रतिशत समता शुल्क हटाउने निर्णय गरेको छ । आर्थिक विधेयकमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुर्गम क्षेत्रका सरकारी विद्यालयका बालबालिकाको शिक्षा र पोषका लागि भन्दै निजी विद्यालयहरूबाट ३ प्रतिशत शैक्षिक समता शुल्क उठाउने घोषणा गरेका थिए । यसैगरी, निजी अस्पतालबाट समेत डा. वाग्लेले ३ प्रतिशत स्वास्थ्य समता शुल्क लिने व्यवस्था गरेका थिए ।
यसको चौतर्फी विरोध भयो । आमसर्वसाधारणको दैनिकीसँग प्रत्यक्ष जोडिएको मौलिक हकअन्तर्गतको शिक्षा र स्वास्थ्यमा समेत कर लगाएको भन्दै सरकारको तीव्र विरोध भइरहेको छ । सरकारले लासमा समेत कर लगाएको भन्दै चौतर्फी विरोध भइरहेको बेला मंगलबार प्रधानमन्त्री वालेन शाह (बालेन) ले एकाएक कर फिर्ताको घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)