विद्युत्मा लगाइएको ५ प्रतिशत कर फिर्ता लिन कांग्रेसको माग
nepalviews.com · Tue Jul 21 13:17:45 GMT 2026

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विद्युत्मा लगाएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग माग गरेका छन्।
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने सरकारी निर्णयको स्वागत गर्दै आङ्देम्बेले चालु आर्थिक वर्षदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तामाथि लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि फिर्ता लिन सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)