डा. देवेन्द्रराज पाण्डेको जीवन साधना नागरिक आन्दोलन थियो : राष्ट्रपति पौडेल
onlinekhabar.com · Tue Jul 21 13:27:37 GMT 2026

५ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा दु:ख व्यक्त गर्दै परिवारलाई समवेदना सन्देश पठाएका छन् ।
समवेदना सन्देशमा राष्ट्रपति पौडेलले पाण्डेको साधना मुख्यत: स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गरेका छन् । नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा दिवंगत पाण्डेले निर्वाह गरेको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने राष्ट्रपति पौडेलले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)