नेपाल फर्कन लागेको देउवाको भनाई, ‘तर सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्नसक्छ’
clickmandu.com · Tue Jul 21 13:38:29 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति सुरु गरेको र राज्यशक्तिको दुरुपयोग गरेर लोकतान्त्रिक प्रणालीमाथि नै प्रहार गर्न खोजेको गम्भीर आरोप लगाएका छन् । बिपी कोइरालाको स्मृति दिवसको अवसरमा विदेशबाट एक विशेष वक्तव्य जारी गर्दै सभापति देउवाले यस्तो धारणा राखेका हुन् । केही महिनादेखि स्वास्थ्य उपचारका क्रममा विदेशमा रहनुभएका देउवाले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन् ।
देउवाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सरकारले स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू र लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेका छन् । न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिँदै छ ।’ यस्तो परिस्थितिमा कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि थप जिम्मेवार भएर उभिनुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)