धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
ratopati.com · Tue Jul 21 13:56:22 GMT 2026

काठमाडौँ । सिंहदरबारको मूल प्रवेशद्वारमा धर्नामा बसेकी विनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भेटवार्ता गरेकी छन् ।
मन्त्रालयमा आज भएको भेटवार्तामा यादवले आफूले उठाउँदै आएका माग, न्याय प्राप्तिसम्बन्धी सरोकार, स्वास्थ्य उपचार, जीविकोपार्जन तथा आफ्ना मुद्दासँग सम्बन्धित विषयहरू मन्त्रीसमक्ष राखेकी थिइन् । उनले सम्बन्धित निकायबाट निष्पक्ष, प्रभावकारी तथा कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरेको मन्त्री वादीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)