धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेट, माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता
nagariknews.nagariknetwork.com · Tue Jul 21 13:55:13 GMT 2026

सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले भेटवार्ता गरेकी छन्।
मन्त्रालयमा भएको भेटका क्रममा यादवले आफ्नो मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका मागबारे मन्त्री बादीलाई जानकारी गराएकी थिइन्। उनले यसअघि सरकार पक्षसँग भएको सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्रालयमा लिखित निवेदनसमेत बुझाएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)