३ प्रतिशत शिक्षा समता शुल्क नलिन शिक्षा मन्त्रालयको आग्रह, निजी विद्यालयसँग विभिन्न विषयमा छलफल
canadanepal.com · Tue Jul 21 13:59:26 GMT 2026

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयहरूलाई ३ प्रतिशत शिक्षा समता शुल्क नलिने सरकारी निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा प्याब्सन, एन–प्याब्सन र हिसानका प्रतिनिधिसँग भएको छलफलमा शिक्षामन्त्री सस्मित पोखरेलले उक्त निर्णय कार्यान्वयन गर्न निजी विद्यालयलाई आग्रह गरेका हुन्। साथै उनले शिक्षा विधेयकलगायत नीतिगत विषयमा निजी विद्यालयका प्रतिनिधिलाई पनि सहभागी गराउने प्रतिबद्धता व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)