धर्नामा बसेकी बिनुसँग महिलामन्त्री वादीको भेट
onlinekhabar.com · Tue Jul 21 14:01:12 GMT 2026

५ साउन, काठमाडौं । सिंहदरबारको मूल प्रवेशद्वारमा धर्नामा बसेकी बिनु यादवसँग महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भेटवार्ता गरेकी छन् ।
मन्त्रालयमा आज भेटवार्तामा यादवले आफूले उठाउँदै आएका माग, न्याय प्राप्तिसम्बन्धी सरोकार, स्वास्थ्य उपचार, जीविकोपार्जन तथा आफ्ना मुद्दासँग सम्बन्धित विषयहरू मन्त्रीसमक्ष राखेकी थिइन् ।