प्रधानमन्त्री निवास घेराउमा उत्रिएका राहुल गान्धी र अखिलेश यादवसहितका नेता पक्राउ
barnanmedia.com · Tue Jul 21 14:33:58 GMT 2026

भारतका प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सांसद राहुल गान्धीसहित नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका गान्धीसहितका नेतालाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबारको प्रदर्शनका क्रममा सरकारले विद्यार्थीहरूमाथि बर्बरतापूर्ण दमन गरेको भन्दै गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेसहितका वरिष्ठ नेताहरू धर्नामा बसेका थिए । त्यस्तै धर्नामा रहेका समाजवादी पार्टीका अध्यक्ष एवं उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव र सांसद डिम्पल यादवसहितका नेताहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)