कोलकातामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो
annapurnapost.com · Tue Jul 21 14:53:43 GMT 2026

काठमाडौं : नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ।
मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भएको छ। त्यसका कारण हिजो नेपाल आइपुग्नुपर्ने १ हजार २५० मेट्रिक टन युरिया मल बोकेको रेल अब भोलि नेपाल आइपुग्ने भएको हो। साथै, २ हजार ५०० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)