उद्योगमा जागिर लगाइदिने भन्दै २०० जनालाई ठगी गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ
onlinekhabar.com · Tue Jul 21 14:55:26 GMT 2026

५ साउन, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा २४ वर्षीय युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–६ घर भएका २४ वर्षीय रवीन गौतमले पार्लेजी बिस्कुट उद्योगमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले रकम असुलेको प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)