पोखरा महानगरको निःशुल्क सटल बस सेवा बन्द, सशुल्क सेवा पनि अनिश्चित
nagariknews.nagariknetwork.com · Tue Jul 21 15:00:57 GMT 2026

पर्यटकको सहजताका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म सञ्चालनमा ल्याइएको निःशुल्क सटल बस सेवा बन्द भएको छ। पोखरा महानगरपालिकाले नेपाली नयाँ वर्षको अवसरमा गत वैशाख १ गतेदेखि हवाई यात्रुको सहजताका लागि सञ्चालनमा ल्याएको निःशुल्क सटल बस सेवा तीन महिनामै असार मसान्तबाट बन्द भएको हो।
निःशुल्क सटल बस सेवा बन्द भएपछि पोखरा बस सञ्चालक कम्पनी यातायात प्रालिले सशुल्क ननस्टप बस सेवा सञ्चालनमा ल्याएको छ। तर यो सेवा पनि लामो समय सञ्चालन हुने–नहुने अनिश्चित देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)