पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान
ratopati.com · Sat Aug 29 19:42:31 GMT 2026

गण्डकी । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनः स्थापनाका लागि पोखरा महानगरपालिकाले राहत सहयोग अभियान सञ्चालन गर्ने भएको छ ।
बाढी प्रभावितहरूका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधिलगायत सामग्री सङ्कलनका लागि राहत अभियान सञ्चालन गर्न लागिएको हो । एकद्वार प्रणालीमार्फत राहत सङ्कलन तथा वितरण गरिने महानगरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)