जरिवाना नतिर्ने हुलास स्टिल र गणपतिलाई उद्योगलाई दिइयो ३ दिनको समय
annapurnapost.com · Tue Jul 21 15:35:51 GMT 2026

सिमराः प्रदूषण नियन्त्रणमा गम्भीर नभएको भन्दै कारबाहीमा परेका दुई ठूला उद्योगलाई जितपुरसिमरा उपमहानगरपालिकाले जरिवाना असुलीका लागि पुनः ३ दिनको अन्तिम समय दिएको छ। उपमहानगरपालिकाले मंगलबार जितपुरसिमरा–१ मा रहेको हुलास स्टिल इण्डष्ट्रिज र वडा नं. ३ मा रहेको गणपति वनस्पति लिमिटेडलाई जरिवाना बुझाउन तीन दिनको समय दिएको हो।
वातावरणीय मापदण्ड उलंघन गरेको आरोपमा कारबाही गरिएका तीन ठूला उद्योगमध्ये सोमबार नन्दन घि एण्ड आयल ईण्डष्ट्रिजले मात्रै तोकिएको दुई लाख ५० हजार रुपैयाँ जरिवाना रकम बुझाएको थियो। नन्दन उद्योग प्रशासनले उपमहानगरको नेपाल बैंकस्थित राजस्व खातामा उक्त रकम दाखिला गरिसकेको भए पनि हुलास स्टिल र गणपति वनस्पतिले भने जरिवाना तिर्न आलटाल र अटेरी गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)