सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘सलिको सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न
annapurnapost.com · Tue Jul 21 15:50:27 GMT 2026

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आफ्नो स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सलिको सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न भएको छ।
स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त दौड प्रतियोगिता टेम्पल रनको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा ५०० भन्दा बढी धावक तथा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो। दौड कम्पनीको केन्द्रीय कार्यालय, नक्साल भगवती मार्गबाट प्रारम्भ भई ज्ञानेश्वर, कमलपोखरी, घण्टाघर, उत्तरढोका हुँदै पुनः कम्पनीको केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)