कोड फर नेपाल र टेकपानाको साझेदारीमा १ हजार जनालाई ४४,००० पर्ने एआई-डेटा साइन्स तालिम निःशुल्क
techpana.com · Tue Jul 21 16:01:41 GMT 2026

काठमाडौं । कोड फर नेपालले कम्तीमा १,००० जना नेपालीहरूलाई उच्च मागमा रहेका डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी निःशुल्क तालिम दिने भएको छ । टेकपाना सँगको साझेदारीमा संस्थाले 'डेटा फेलोशिप २०२६' को घोषणा गरेको हो ।
कार्यक्रमलाई थप प्रभावकारी र समावेशी बनाउन तथा देशैभरका दुर्गम क्षेत्रका युवाहरू माझ यसको पहुँच पुर्याउन कोड फर नेपालले नेपालको अग्रणी प्रविधि केन्द्रित डिजिटल सञ्चारमाध्यम टेकपानासँग रणनीतिक साझेदारी गरेको छ । सन् २०२१ देखि कोड फर नेपालले विश्वप्रसिद्ध अनलाइन लर्निङ प्लेटफर्म डेटाक्याम्पसँग 'डेटाक्याम्प डोनेट्स' कार्यक्रम अन्तर्गत सहकार्य गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)