भेनेजुएलामा फेरि ५.६ म्याग्निच्युडको भूकम्प : मृत्यु हुने १४३० पुगे, ६८ हजार अझै बेपत्ता
nagariknews.nagariknetwork.com · Sun Jun 28 06:08:34 GMT 2026

आइतबार दक्षिण अमेरिकी देश भेनेजुएलामा ५.६ म्याग्निच्युडको अर्को भूकम्प गएको छ। युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले भूकम्पको केन्द्रबिन्दु अरागुआको तटबाट समुद्रमा ३० किलोमिटर गहिराइमा रहेको बताएको छ।
जुन २४ मा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पपछि शनिबार ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो। भेनेजुएलामा हालसम्म १४ सय ३० जनाको मृत्यु भएको छ भने ३३ सयभन्दा बढी घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)