मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
ratopati.com · Sat Jun 06 20:34:11 GMT 2026
काठमाडौँ । लिस्बनमा शनिबार राति सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली पोर्चुगलले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । फिफा विश्वकप २०२६ को तयारीमा रहेको पोर्चुगलका लागि ब्रुनो फर्नान्डेज र गोन्कालो गुइडेसले गोल गर्दै जित सुनिश्चित गरे । खेलमा १० खेलाडीमा सीमित दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक र तनावपूर्ण रहेको थियो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि इन्जुरी समयमा मैदानमा तनाव उत्पन्न भएको थियो । पोर्चुगलका विङ्गर राफायल लियो र चिलीका इभान रामोनबीच झगडा भएपछि रेफ्रीले दुवै खेलाडीलाई सोझै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । यसअघि मिलानमा खराब सिजन बिताएका लियो सुरुवाती समयमा आक्रामक देखिए पनि उनको अनुशासनहीन व्यवहारले टोलीलाई केही समय दबाबमा पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)