सरकारले घुमाउरो तरिकाले युवा परिषद् खारेज गर्न खोजेको सरोकारवालाको आरोप
onlinekhabar.com · Tue Jul 21 16:20:25 GMT 2026

५ साउन, काठमाडौं । सरकारले छलफलमा ल्याएको युवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमा घुमाउरो तरिकाले युवा परिषद् खारेज गर्न खोजिएको सरोकारवालाले आरोप लगाएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयले छलफलमा ल्याएको प्रस्तावित विधेयकमा राष्ट्रिय युवा परिषद्लाई खारेज गर्ने नभनी राष्ट्रिय युवा विभागको अवधारणा ल्याइएको छ ।
मंगलबार युथ एडभोकेसी नेपालद्वारा आयोजित छलफलमा राष्ट्रिय युवा परिषदका पुर्व उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘युवा आन्दोलनको जगमा बनेको सरकारले घुमाउरो बाटोबाट युवा परिषद् खारेज गर्नेगरी संशोधन विधेयक ल्याउन खोजेको देखिन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)