काठमाडौं उपत्यकामा १९ प्रतिशतले घट्यो ट्राफिक दुर्घटना
baahrakhari.com · Tue Jul 21 17:00:27 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ रहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्यसम्पादनको सकारात्मक प्रभाव परेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)