झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
ratopati.com · Tue Jul 21 17:08:26 GMT 2026

झापा । नेपालको प्रमुख धान उत्पादन जिल्लामध्ये एक झापामा हालसम्म ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार साउन ४ गतेसम्म जिल्लामा कूल ७७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार गत वर्षको यही अवधिको तुलनामा यस वर्ष करिब ११ प्रतिशत बढी क्षेत्रमा धान रोपाइँ भएको छ । सुरुमा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि असारको दोस्रो सातादेखि निरन्तर वर्षा भएपछि किसान धमाधम रोपाइँमा जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)