पूर्वमन्त्री खड्काले बेचे झापामा बन्दै गरेको ५ तारे होटल ‘इस्टर्न’, अब राजेश सोनीको पूर्ण स्वामित्व
clickmandu.com · Sun Jun 28 06:25:56 GMT 2026

काठमाडौं । झापाको धुलाबारीमा निर्माणाधीन ५ तारे होटल ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ को स्वामित्व र नेतृत्वमा फेरबदल भएको छ । निर्माणाधीन होटल इस्टर्न नेपालको पूर्ण स्वामित्व पूर्वऊर्जामन्त्री दीपक खड्काकी श्रीमती विनिता खड्काबाट राजेश कुमार सोनीको हातमा पुगेको हो ।
खड्काको परिवार यो परियोजनाबाट पूर्ण रूपमा बाहिरिएसँगै यो होटलको कमाण्ड व्यवसायी सोनीले सम्हालेका छन् । डिसेक्बर २०२५ सम्म होटल इस्टर्न नेपालको मुख्य प्रबर्द्धक कम्पनी पूर्वमन्त्री खड्काको परिवारको पूर्ण स्वामित्व रहेको ‘न्यु इन्फ्रा हेभन ग्रुप होल्डिङ्स’ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)