‘क्यामरा लिएर नआउनुहोस्’ भन्दै कन्टेन्ट क्रियटर दीपा सिम्खडाको २५ लाख बराबरको राहत सहयोग
kalakarmi.com · Thu Aug 27 11:39:23 GMT 2026

काठमाडौं- रसुवा बाढीबाट प्रभावित परिवारका लागि व्यवसायी तथा कन्टेन्ट क्रियटर दीपा सिम्खडाले २५ लाख रुपैयाँ बराबरको लत्ताकपडा निःशुल्क उपलब्ध गराउने घोषणा गरेकी छन् । उनले आफूलाई व्यवसायीका रूपमा मात्र नभई ‘देशकी छोरी’का रूपमा प्रस्तुत गर्दै विपद्को समयमा आफ्नो तर्फबाट जिम्मेवारी पूरा गर्न चाहेको बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै दीपाले आफ्नो पसलमा हाल करिब ५० लाख रुपैयाँ मूल्य बराबरको कपडा स्टकमा रहेको र त्यसको ५० प्रतिशत अर्थात् २५ लाख रुपैयाँ बराबरको कपडा बाढी प्रभावितका लागि निःशुल्क दिने घोषणा गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)