रुससँग युद्ध लडिरेहका जेलेन्स्कीले किन हटाए सेना प्रमुख ?
shilapatra.com · Wed Jul 22 00:23:00 GMT 2026

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेना प्रमुख ओलेक्सान्द्र सिर्स्कीलाई पदमुक्त गर्दै उनको स्थानमा अनुभवी जनरल मिखाइलो ड्रापाटीलाई नियुक्त गरेका छन् । यो निर्णय लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाइएपछि देशभर चर्किएको विरोध प्रदर्शनको केही दिनमै आएको हो ।
फेदोरोभलाई सेनामा सुधार, भ्रष्टाचार नियन्त्रण तथा प्रविधिमार्फत युद्ध क्षमता अभिवृद्धि गरेको भन्दै व्यापक प्रशंसा गरिएको थियो । उनको बर्खास्तीपछि सिर्स्कीमाथि पनि पदबाट हटाउन दबाब बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)