c
barnanmedia.com · Wed Jul 22 00:33:22 GMT 2026

काठमाडौँ, साउन ६ गते । निजी शैक्षिक र स्वास्थ्य संस्थालाई लक्षित गरेर सरकारले यसै आर्थिक वर्षदेखि लगाएको तीन प्रतिशत समता कर हट्ने भएको छ । कर हटाउने सरकारको निर्णयको सरोकारवालाले स्वागत गरेका छन् । करका सम्बन्धमा सरोकारवाला तथा जनस्तरबाट चासो र चिन्ता व्यक्त भएपछि सरकार उक्त कर हटाउने निष्कर्षमा पुगेको हो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकबाट कर हटाएको जानकारी दिनुहुँदै जनताको विश्वास र अपेक्षाबाट बनेको सरकारले जनमुखी कामलाई सधैँ प्राथमिकता दिने बताउनुभएको छ ।
साथै सरकारको मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु रहेकोसमेत प्रधानमन्त्री शाहले स्पष्ट पार्नुभयो । समता कर हटाउने विषयमा प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि परामर्श गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)