देशभर मनसुनी वायुको प्रभाव, आज चार प्रदेशमा भारी वर्षाको सम्भावना
nepalviews.com · Wed Jul 22 00:59:27 GMT 2026

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ। यसैको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागमा आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थान र मधेस तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ। विशेष गरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)