यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
nepalsamaya.com · Wed Jul 22 01:23:05 GMT 2026

काठमाडौं- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०७ रुपैयाँ १७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५३ पैसा कायम गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)