चौतर्फी विरोधपछि सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य कर फिर्ता लिएको सरकारको घोषणा
kendrabindu.com · Wed Jul 22 01:23:33 GMT 2026

काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत समता कर फिर्ताको घोषणा गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जालमार्फत कर फिर्ता लिइएको घोषणा गरेका हुन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमा घोषणा गरे पनि त्यसको कानुनी मान्यताका लागि निश्चित प्रक्रिया अपनाउनु पर्नेछ। सरकारले मन्त्रिपरिषद् हुँदै संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) बाट पारित गराएर लागू गरेको कर फिर्ताका लागि पनि सोही प्रक्रिया अपनाउनुपर्ने कानुनी व्यवस्था हुन्छ। सरकारले आर्थिक ऐनमार्फत शिक्षा र स्वास्थ्यमा ३/३ प्रतिशत समता कर लगाउने निर्णय गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)