एक क्रेटमै ५० रुपैयाँले बढ्यो अण्डाको मूल्य, कति पुग्यो ?
clickmandu.com · Wed Jul 22 01:23:19 GMT 2026

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ४५० बाट ५०० रुपैयाँ पुगेको छ । मध्यम अण्डा ४२० रुपैयाँबाट ४७० रुपैयाँ पुगेको छ । सानो अण्डा ४१५ रुपैयाँ पुगेको छ । सबैमा प्रतिक्रेट ५० रुपैयाँ बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)