देशभर विरोध चर्किएपछि जेलेन्स्कीले हटाए प्रधानसेनापति !
annapurnapost.com · Wed Jul 22 01:43:56 GMT 2026

कीभ : देशव्यापी रूपमा सुरु भएको विरोध प्रदर्शन र राजनीतिक दबाबकाबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानसेनापति ओलेक्सान्डर सिरस्कीलाई पदबाट बर्खास्त गरेका छन्। युक्रेनका लोकप्रिय पूर्व रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाइएलगत्तै देशभरी विरोध प्रदर्शन सुरु भएको थियो। पूर्व रक्षामन्त्री फेडोरोभ र निवर्तमान सेनाध्यक्ष सिरस्कीबीच आन्तरिक विवाद रहेको खबरहरू बाहिर आएका थिए ।
३५ वर्षीय फेडोरोभले रक्षा मन्त्रालयमा आधुनिक प्रविधिको प्रयोग बढाउनुका साथै भ्रष्टाचारविरुद्ध अभियान चलाएर व्यापक प्रशंसा कमाएका थिए। अर्कोतर्फ, ६० वर्षीय सिरस्कीलाई भने पुराना 'सोभियतकालीन' कमाण्डरका रूपमा हेरिने गरिएको थियो, जसले सेनामा द्रुत र आधुनिक सुधार गर्न हिचकिचाएको आरोप लाग्दै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)