अब सबै जिल्लाबाट वैदेशिक रोजगारी ठगीको उजुरीमा सुनुवाइ र कारबाही हुने, यस्तो छ अनलाइन प्रणाली
techpana.com · Wed Jul 22 01:52:56 GMT 2026

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरी तथा मुद्दा व्यवस्थापनका लागि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । नयाँ प्रणालीमार्फत वैदेशिक रोजगारी ठगीमा परेका व्यक्तिले अब प्रमाणसहित स्वदेश वा विदेशबाटै अनलाइन माध्यमबाट उजुरी दर्ता गर्न सक्ने भएका छन् ।
मङ्गलबारदेखि सञ्चालनमा आएको उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली ( ujuri.dofe.gov.np ) मार्फत म्यानपावर कम्पनीले रकम लिएर नपठाएको, तोकिएभन्दा बढी शुल्क असुलेको, राहदानी कब्जामा राखेको, करार सम्झौताअनुसारको काम, तलब वा सेवा-सुविधा नपाएको लगायतका विषयमा पीडित वा उनका परिवारका सदस्यले उजुरी दिन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)