दोलखामा पहिरोमा परी एक जना बेपत्ता
barnanmedia.com · Wed Jul 22 01:42:23 GMT 2026

दोलखाको गौरीशंकर गाउँपालिका–९ मा पहिरो जाँदा एक जना बेपत्ता भएका छन्। बुधबार बिहान करिब २ः३० बजे सिर्पिङ खोला जलविद्युत् आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिक पहिरोले बाख्राको गोठ बगाउँदा सोही स्थानका ७३ वर्षीय तसमान तामाङ बेपत्ता हुनुभएको सशस्त्र प्रहरीले जनाएको छ।
पहिरोका कारण आयोजनाका कर्मचारी बस्ने घरसमेत पूर्ण रूपमा क्षति भएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल, विपद् तथा मनसुन प्रतिकार्य बेस सिंगटीबाट विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)