संस्थापकले नकिनेपछि छिमेक लघुवित्तको सेयर सर्वसाधारणलाई
arthasansar.com

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्री हुन नसकेको ४ हजार ४१४ कित्ता संस्थापक सेयर सर्वसाधारण व्यक्ति तथा संस्थाहरूका लागि खुला गरेको छ।
कम्पनीका अनुसार यसअघि उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै ३५ दिनको सूचना प्रकाशित गरिएको थियो। तर तोकिएको अवधिभित्र कुनै पनि संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि अब सर्वसाधारण लगानीकर्ता तथा अन्य कम्पनीहरूलाई समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)