त्रिवि शिक्षण अस्पतालमा भोलिदेखि स्वास्थ्य बीमा पुन: सञ्चालनमा
corporatenepal.com · Sun Jun 28 07:13:32 GMT 2026

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा भोलिदेखि स्वास्थ्य बीमा सेवा पुन: सुरु हुने भएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै गत माघदेखि रोकिएको स्वास्थ्य बीमा कार्यक्रम अब सुरु गर्न लागिएको जनाएको हो ।
अस्पतालको सूचनाअनुसार सो सेवाअन्तर्गत् ओपीडी सेवा मात्र सुचारु गर्ने तयारी रहेको हो । सेवाग्राहीले बीमाको टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २ः३० बजेसम्म बिमा टिकट काउन्टरबाट टिकट लिन सक्ने अस्पताल प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)