महानिर्देशक अधिकारीविरुद्ध पौने २ करोडको घुस मुद्दा
rajdhanidaily.com · Wed Jul 22 02:21:46 GMT 2026

काठमाडौं । नागरिक उड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को घुस र भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा घुस, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।
विमानस्थल तथा हेलिप्याड निर्माण तथा विभिन्न आयोजनाका बस्तु तथा सेवा खरिद र निर्माण प्रक्रियामा भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको हो । यस अघि पनि अधिकारीविरुद्धका विभिन्न मुद्दा विशेष अदालतमा विचाराधीन छन् । प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीले वस्तु तथा सेवा खरिदमा सेटिङ गरिदिए बापत ठेकेदारबाट करोडौँ रुपैयाँ घुस लिएको र उक्त रकम अवैध रूपमा लुकाएको अभियोगमा आयोगले मुद्दा दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)