चीनको ‘लाइभ-फायर’ नौसैनिक अभ्यासप्रति जापानको सुरक्षा चिन्ता
nepalnews.com · Wed Jul 22 02:24:12 GMT 2026

टोकियो । प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनियाँ नौसेनाको एक विध्वंसक जहाजले जापानको दुर्गम टापु ओकिनोतोरी नजिक ‘लाइभ–फायर’ (वास्तविक गोलीबारीसहित) अभ्यास गरेपछि जापानले सुरक्षा चिन्ता व्यक्त गरेको छ ।
जापानको संयुक्त सैन्य मुख्यालयका अनुसार, आइतबार जापानी नौसेनाले ‘लुयाङ–३’ श्रेणीको चिनियाँ गाइडेड–मिसाइल विध्वंसक जहाजलाई अन्य दुई चिनियाँ युद्धपोत र एक रुसी फ्रिगेटसँग संयुक्त रूपमा सञ्चालन भइरहेको अवस्थामा पहिचान गरेको थियो । त्यसको केही घण्टापछि उक्त जहाजले ओकिनोतोरी टापु नजिक ‘लाइभ–फायर’ अभ्यास गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)