दोलखाको मूलखर्कमा पहिरोमा परी एक जना बेपत्ता, चार जना उद्दारको पर्खाइमा
nepalnews.com · Wed Jul 22 02:39:34 GMT 2026
दोलखा । दोलखाको सिप्रिङखोला जलविद्युत आयोजनाको बाँधस्थल मूलखर्क क्षेत्रमा गएराति आएको पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।
गएराति ११ बजेतिर आएको पहिरोमा एक जना बेपत्ता भएका छन् भने चार जना भीरमा फसेका छन् । जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरु सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्केका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)