बजारमा बेचिँदैछ अखाद्य रमपम चाउचाउ, जनतालाई बिरामी पारेर पैसा कमाउने दाउ ! (भिडियो ब्रिफिङ)
arthasarokar.com · Wed Jul 22 02:46:17 GMT 2026
काठमाडौँ । रमपम चाउचाउ । हो, ए/२३सी२ ब्याचधारी यही रमपम चाउचाउ अखाद्य छ भन्ने कुरामा अव कुनै पनि दुईमत रहेन । किनकि, खाद्य तथा गुण नियन्त्रण विभागले प्रष्ट भनिसकेको छ यो रमपम चाउचाउ अब बजारमा नबेच, बजारमा जति छ, त्यो पनि फिर्ता गर र फिर्ता गरेको जानकारी गराऊ । तर जनतालाई बिरामी पारेर पैसा कमाउन पल्केका व्यापारीले फिर्ता गर्नुपर्ने सबै रमपम बजारबाट फिर्ता गरेनन् । र सरकारी उर्दीको वेवास्ता गर्दै निर्वाध बिक्री भयो र भइरहेको छ अखाद्य प्रमाणित रमपम चाउचाउ । टुपीएम चाउचाउसमेत उत्पादन गर्ने एसियन थाईफुड्सले उत्पादन गरेको सो चाउचाउमा न्यनतम खाद्य गुणस्तर नभेटिएपछि तत्काल बिक्री वितरण रोक्न आदेश दिइएको थियो । तर नेपालको कानुन, जान्नेले जानुन् भनेजस्तै जबर्जस्ती रमपम बेच्ने काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)