फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्ने ला लिगा प्रमुखको आरोप
nepalnews.com · Wed Jul 22 03:09:39 GMT 2026
रोम । स्पेनिस फुटबल लिग (ला लिगा)का अध्यक्ष जाभियर टेबासले सन् २०३० को विश्वकप ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे भइरहेको छलफललाई लिएर फिफामाथि गैरजिम्मेवार ढङ्गले अघि बढेको आरोप लगाएका छन्।
मङ्गलबार प्रकाशित इटालियन खेल दैनिक ला ग्याजेटा डेलो स्पोर्टसँगको अन्तर्वार्तामा उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वकाल समाप्त भइसकेको टिप्पणी गर्दै वर्तमान व्यवस्थालाई ‘आधारभूत रूपमै त्रुटिपूर्ण प्रणाली’ को सङ्ज्ञा दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)