२५ वर्षदेखि थन्किएका वैदेशिक रोजगारी ठगीका फाइल अब डिजिटल अभिलेखमा
onlinekhabar.com · Sun Jun 28 07:15:45 GMT 2026

१४ असार, काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी करिब २५ वर्षदेखि विभागमा थन्किएका हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी, व्यवस्थापन र डिजिटल अभिलेखीकरण (डिजिटलाइजेसन) गर्ने काम वैदेशिक रोजगार विभागले तीव्र बनाएको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको निर्देशन र विभाग महानिर्देशक मिरा आचार्य नेतृत्वमा लामो समयदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धानसम्बन्धी फाइलहरू खोज्ने, वर्गीकरण गर्ने र व्यवस्थित अभिलेख तयार गर्ने अभियान अघि बढाइएको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)