युक्रेनका सेना प्रमुख सिर्स्की बर्खास्त, ४३ वर्षीय जनरल ड्रापाती नयाँ कमाण्डर नियुक्त
nepalviews.com · Wed Jul 22 03:26:06 GMT 2026

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशका सेना प्रमुख (कमाण्डर–इन–चीफ) ओलेक्सान्द्र सिर्स्कीलाई पदबाट हटाएका छन्। लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभलाई पदबाट हटाइएपछि देशभर भएको विरोध प्रदर्शनको पृष्ठभूमिमा यो ठूलो फेरबदल बाहिर आएको छ।
सुरुआतमा पूर्वसैनिक तथा मन्त्री फेदोरोभको बहिर्गमन सिर्स्कीसँगको आन्तरिक मतभेदका कारण भएको चर्चा चलेको थियो। अहिले ६० वर्षीय सिर्स्कीलाई नै पदबाट हटाइएपछि ती अड्कलबाजीलाई थप बल पुगेको बीबीसीले जनाएको छ। सिर्स्कीलाई सोभियतकालीन सैन्य शैलीमा विश्वास गर्ने कमाण्डरका रूपमा आलोचना गरिँदै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)