मोरङमा कटुवा पेस्तोल र लागूऔषधसहित ५९ वर्षीय वृद्ध पक्राउ
lokaantar.com

मोरङको विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र लागूऔषधसहित ५९ वर्षीय लालकिशोर यादवलाई पक्राउ गरेको छ ।
आइतबार राति करिब १२:१० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले यादवको कोठामा खानतलासी गर्दा उक्त हातहतियार र लागूऔषध फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)