मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
barnanmedia.com · Wed Jul 22 03:26:27 GMT 2026

केही वर्षअघिसम्म वर्षात् लाग्नेबित्तिकै फुसको छानो चुहिने, हुरीबतास चल्दा रातभर निद्रा हराउने र आगलागीको त्रासमा दिन बिताउने सिरहा र सप्तरीका एक हजार २०१ विपन्न परिवारका लागि अहिले जीवन नै फेरिएको छ ।
फुसको अस्थायी टहराबाट पक्की घरमा सरेसँगै ती विपन्न परिवारहरूको दैनिक जीवन सुरक्षित, सम्मानित र आशावादी बनेको छ । मधेस प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास, महेन्द्रनारायण निधि विपन्न आवास र विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमअन्तर्गत सिरहा र सप्तरीका गरी एक हजार २०१ परिवारले पक्की घर प्राप्त गरेका छन् । दलित, विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने सामाजिक अभियानका रूपमा स्थापित हुँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)