सर्वोच्च अदालतको ब्याख्या : विदेशीसँग बिहे गरेकै कारण वंशजको नागरिकता नरोक्नु
kendrabindu.com · Wed Jul 22 03:39:53 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले विदेशी नागरिकसँग बिहे गरेको आधारमा मात्रै नेपाली बाबुआमाको छोरीलाई वंशजको नागरिकताबाट बञ्चित गर्न नहुने व्याख्या गरेको छ ।
आफ्नो नागरिकताको प्रमाणपत्र नलिँदै विदेशीसँग बिहे गरेकी एक युवतीको मुद्दामा सर्वोच्च अदालतले विदेशी नागरिकहरुसँग बिहे गर्ने नेपाली महिलाहरूले संविधानतः वंशजको नागरिकता नै पाउने व्याख्या गरेको हो । नेपालको संविधानको धारा ११(२)(ख)मा ‘कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति (वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ)’ भन्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)