इरानमाथि अमेरिकाको हवाई आक्रमण जारी, ‘पिकएक्स माउन्टेन’ मा आक्रमण गर्ने ट्रम्पको चेतावनी
nepalviews.com · Wed Jul 22 03:43:08 GMT 2026

एजेन्सी । अमेरिकाले इरानमाथि लगातार ११ औँ रात पनि हवाई आक्रमण जारी राखेको छ। हर्मुज जलमार्गमा व्यावसायिक जहाज आवागमनमा खतरा उत्पन्न गरेको आरोप लगाउँदै अमेरिकाले यो कारबाही तीव्र पारेको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ।
गत मंगलबार राति गरिएको आक्रमणमा इरानका सैन्य सञ्चालन केन्द्रहरू, सामुद्रिक क्षमताहरू, विमान ह्याङ्गर, ड्रोन भण्डारण स्थल र सैन्य पूर्वाधारहरूलाई लक्षित गरिएको थियो। आक्रमण को कारण राजधानी तेहरानसहित तब्रिज, चाबाहार, कोनारक र बुसहरमा विष्फोटका आवाजहरू सुनिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्। बुसहर इरानको एकमात्र आणविक ऊर्जा केन्द्र रहेको सहर हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)