पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
hamrakura.com · Wed Jul 22 00:00:00 GMT 2026
काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण उत्पन्न उच्च जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यात्रामा सुरक्षा अपनाउन विभिन्न रुटहरूमा यातायात सञ्चालनमा रोक लगाइएको छ र कतिपय स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन्।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना नभएसम्म हरेक दिन बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)