वाणिज्य बैंकहरूको औसत बेसरेट ५ प्रतिशतभन्दा तल, कर्जा थप सस्तो हुने संकेत
aarthiknews.com

काठमाडौं । वाणिज्य बैंकहरूको औसत आधार दर (बेसरेट) पहिलो पटक ५ प्रतिशतभन्दा तल झरेपछि बैंक ऋण थप सस्तो हुने संकेत देखिएको छ। बैंकिङ प्रणालीमा निक्षेप बढिरहँदा कर्जा विस्तार अपेक्षाअनुसार हुन नसकेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्, जसको प्रत्यक्ष प्रभाव बेसरेटमा परेको हो।
चालु आर्थिक वर्षको वैशाख, जेठ र असार महिनाको औसतका आधारमा वाणिज्य बैंकहरूको औसत बेसरेट ४.९७ प्रतिशतमा झरेको छ। बैंकहरूले यही तीन महिनाको औसत आधार दरमा निश्चित प्रिमियम थपेर आगामी महिनाका लागि कर्जाको ब्याजदर निर्धारण गर्ने भएकाले नयाँ तथा परिवर्तनीय ब्याजदरमा रहेका ऋणीले केही राहत पाउने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)