डिल्लीबजार कारागारबाट फरार कैदी हेटौँडाबाट पक्राउ
barnanmedia.com · Wed Jul 22 04:20:56 GMT 2026

गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा काठमाडौँस्थित डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका कैदी चन्द्रबहादुर तामाङ पक्राउ पर्नुभएको छ । सिबी लामा नामले चिनिने तामाङलाई मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–९ बाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ बस्ने तामाङलाई वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उहाँलाई कारागार कार्यालय भीमफेदी पठाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)