फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
ratopati.com · Wed Jul 22 04:36:27 GMT 2026

पेरिस । फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने ऐतिहासिक कानुन पारित गरेको छ । यो कानुन लागू भएपछि फ्रान्स यस्तो कदम चाल्ने पहिलो युरोपेली देश बनेको छ । फ्रान्सको संसद्ले मंगलबार उक्त कानुन पारित गरेको हो ।
राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो कार्यकाल समाप्त हुनुअघि यो प्रतिबद्धता पूरा भएको भन्दै स्वागत गरेका छन् । कानुनअनुसार सेप्टेम्बर २०२६ देखि १५ वर्षमुनिका बालबालिकाले नयाँ सामाजिक सञ्जाल खाता खोल्न पाउने छैनन् । नयाँ खाता खोल्ने सबैले उमेर प्रमाणित गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)