मलेसियाको निर्यातमा २७.५ प्रतिशतको वृद्धि, विद्युतीय सामग्रीको माग बढ्दो
makalukhabar.com · Wed Jul 22 04:44:48 GMT 2026

एजेन्सी । विद्युतीय तथा इलेक्ट्रोनिक (ई एन्ड ई) उत्पादनहरूको विश्वव्यापी मागमा आएको उच्च वृद्धिका कारण सन् २०२६ को पहिलो ६ महिनामा मलेसियाको निर्यात अघिल्लो वर्षको तुलनामा २७.५ प्रतिशतले बढेको छ ।
मलेसियाको लगानी, व्यापार तथा उद्योग मन्त्रालय (एमआईटीआई) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्षको पहिलो ६ महिनामा कुल ९७१.५९ अर्ब रिंगिट (करिब २३७.५८ अर्ब अमेरिकी डलर) बराबरको निर्यात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)